१२ पुस २०८१, शुक्रबार

मगर सँघ कुवेतको तेश्रो अधिवेशनको लागि केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन पुगे कुवेत


काठमाडौं । नेपाल मगर सँघ कुवेत शाखाको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रमको लागि मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर आज कुवेत पुगेका छन् । १७ जनवरी २०२० मा हुन लागेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यको लागि मगर कुवेत पुगेका हुन् ।

कुवेतको फर्वानियास्थित युनिक अडेटोरियम हलमा सम्पन्न गरिने कार्यक्रममा मगर सँघ कुवेतले अधिवेशनको साथै मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकरातीलाई लक्षित गर्दै मगर भाषा, संस्कृति, भेषभूषा एवं मौलिकताहरु झल्कने खालका कौरा, हुर्रा, सोरठी जस्ता मगर नृत्यहरु देखाउने छ भने सालैजुको लाईभ प्रस्तुती सहित बिभिन्न मगर परिकारहरुले सम्पूर्ण कुवेतवासी मगर तथा गैर मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्नेछ ।

१५ जुन २०१२ मा मगर सँघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा बिधिवत रुपमा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४-४ बर्षे लामो २ कार्यकाल कुवेतको नेपाली समाजका चिरपरिचित जेष्ठ व्यक्तित्व मित्र बहादुर सिंजाली मगरको अध्यक्षतामा सफलतापूर्वक पुरा गरेको छ भने आगामी तेश्रो अधिवेशनले युवाहरुको जमातमा नयाँ नेतृत्व चयन गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !