११ आश्विन २०८१, शुक्रबार

आज उधौली, धान्य पूर्णिमा अर्थात् योमरी पूर्णिमा मनाइँदै


उधौली, धान्य पूर्णिमा अर्थात् योमरी पूर्णिमा

मंसीर २६, काठमाडौँ । आज किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मनाइदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ ।

मंसीर पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिइने राईले बताए ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वास समेत किरात जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन् ।

धेरै भित्ते पात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा भोली बिहिबार सरकारले सार्वजनिक विदा दिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !