११ पुस २०८१, बिहीबार

पशुपति मन्दिरको टुँडालबाट पानी चुहियो


pasupati

१३ असोज, काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वतिरको एउटा टुँडालबाट पानी चुहिएको छ । भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन ।

पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !