२ कार्तिक २०८१, शुक्रबार

नवलपुरमा भब्यताका साथ मनाइयो श्रीकृष्ण जन्माष्टमी


श्रीकृष्ण जन्माष्टमी

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका तम्सरिया-७ को शान्ति टोलमा आज श्रीकृष्ण जन्माष्टमी भब्यताका साथ मनाइएको छ । आजको यस कार्यक्रमको मुख्य उद्धेश्य धर्म, संस्कृतिको रक्षा गर्नु रहेको थियो ।

सनातन हिन्दु धर्म विश्वका अधिकांश भू-भागमा बढ्दै गएको हामीले देख्न सक्छौं । तम्सरिया ७ मा सनातन धर्ममा आधारित धार्मिक कार्यक्रम दैनिक दिदैं आएको छ ।

यस्ता कार्यक्रम नियमित चलाउदै जानाले यसको प्रचार-प्रसारमा ठूलो मद्दत गरेको हुन्छ । सनातन धर्मको जग बलियो हुँदै छ । धर्म संस्कृति रीतिरिवाज जीवन्त राख्न सवैको सहयोगको खाँचो हुन्छ ।

ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ॥

यसको अर्थ हो – ईश्वर मलाई असत्यबाट सत्यको मार्ग लैजानुहोस् । अध्यारोबाट उज्यालोतर्फ लैजानुहोस् । मृत्युबाट अमरतातर्फ लैजानुहोस् ।

श्रीकृष्ण जन्माष्टमी

धर्मप्रति आस्था जगाउन हरेक नेपाली जाग्नुपर्ने समय आएको छ । यस्ता कार्यक्रम गाउँगाउँमा हुनुपर्छ । हरेक नेपालीले हिन्दू धर्म संस्कृतिको रक्षा गर्न सवै जुट्नुपर्ने समय आएको छ । जय सनातन धर्म संस्कृति ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !