८ पुस २०८१, सोमबार

सकियो एक महिने माधवनारायण मेला


madhannarayan

१७ माघ, काठमाण्डौ । एक महिने माधवनारायण मेला बुधबारदेखि सकिएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने मेला आज सकिएको हो ।

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि बुधबार बिहान सकिएको हो । हनुमानघाटको त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष सय भन्दा बढी महिला पुरूषको सहभागिता थियो ।

महिना दिनसम्म त्रिवेणीधाममा स्नान गरी माधवनारायण मेला भरे । व्रतालुले माधवनारायणको पूजापछि होम आहुति, जग्य, अघ्र्य दिई मेला सम्पन्न गरे । मेलाका क्रममा भक्तपुर नगरस्थित विभिन्न देवालयको परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिअगाडि तलेजु भवानीलाई इन्द्रकलश चढाएर मेला सम्पन्न गर्ने परम्परा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !