७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले यस वर्ष दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने


राष्ट्रपतिले यस वर्ष दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने

काठमाडौं, कार्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छिन् । कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो यस वर्ष टीका लगाईदिने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यस्तै यस वर्ष दशैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनु हुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

राष्ट्रपतिले यस वर्ष दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !