९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री ओलीले संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै


प्रधानमन्त्री ओलीले संसदमा

काठमाडौँ, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैछन् ।

उनले लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको बताएका छन् ।

प्रधानमन्त्रीको जवाफपछि आज नै प्रतिनिधि सभाबाट बजेट पास गर्ने नेपाल सरकारको तयारी छ । प्रधानमन्त्रीले बजेटसँगै स्वास्थ्य क्षेत्रका विषयमा समेत धारणा राख्दैछन् । यसअघि हिजै बजेट पास गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आजका लागि सारिएको थियो ।

हिजो मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र जाँचमा सरकार असफल सिद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । उनले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !