काठमाडौं, जेठ २६ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराई नै रहेको बताएका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने पार्टीका नेता महतोले स्पष्ट परेका हुन् ।
महतोले डा भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको बताए । एक मिडियासंगको कुराकानीका क्रममा महतोले पार्टी दर्ताका लागि सजिलो बनाउन डा. भट्टराई चौथो नंम्मरमा बस्न तयार भएको बताए । महतोले भने, “उहाँकै उदारतामा उहाँलाई चौथो नम्मरमा राखिएको हो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु पर्दछ । ठूलो मिसन बोकेको र प्रधानमन्त्री भइसकेको व्यक्तिलाई अन्य पद गौण हुन्छ, त्यसैले उहाँले उदारता देखाउनु भएको हो ।”