७ मंसिर २०८१, शुक्रबार

आवश्यक भन्दा बढी सांसद भएको भन्दै ५५ प्रतिशत सांसद कटाउन सांसद किरातीको आग्रह


सुदन किराती फाइल फोटो

२२ जेठ, काठमाडौं । नेकपा नेता सुदन किरातीले संविधान संसोधन गरेर ५५ प्रतिशत सांसद कटाईदिउ भन्दै सरकार समक्ष आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको एक बैठकमा बोल्दै सांसद किरातीले कर्मचारी नँया नियुक्ति नगर्ने, खर्च कटौतीको निम्ति भनिएको राम्रो पक्ष भएको भन्दै अब संविधान संसोधन गरेर ५५ प्रतिशत सांसद कटाईदिउ भन्दै सरकार समक्ष आग्रह गरेका हुन् ।

सांसद किरातीले भने, “सार्वभौम शक्तिमाथि गम्भीर प्रश्न उठेको समयमा सेना परिचालन गर्न नसकेको समयमा सिमानामा सेना पुराउन सकिदैन भने सेनाको पनि संख्या घटाईदिउ । सेना आज प्लटिङ गर्दै छ सेना आज पेट्रोल पम्प खोलेर जनताको पैसनावाट आएको तलब खाएर आफ्नो सिपाहीलाई पेट्रोल भर्न लगाइरहेको छ । सेनाको आफ्नै अदालत छ यतिमात्र नभई अब आफ्नै जेल पनि बनाउँदै छ रे । ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !