३० कार्तिक २०८१, शुक्रबार

नयाँ नक्सा विधेयकमा तगारो बनेका राजेन्द्र महतोले भने, “ओली र देउवा राष्ट्रघाती हुन्”


राजेन्द्र महोतो

१६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले केपी ओली र शेरबहादुर देउवा राष्ट्रघाती भएको बताएका छन् । एक मिडियासँग अन्तर्वार्ता दिँदै महतोले मुहान टुंगो नलगाई महाकाली सन्धी गरी राष्ट्रघात गर्ने केपी ओली र शेरबहादुर देउवा रहेको बताएका हुन् ।

महतोले बोल्दै भनेका छन्, “हिजो महाकाली सन्धि गर्दा केपी ओली कहाँ जानुभएको थियो ? आजभन्दा २०, २५ वर्षपहिला जसरी महाकाली सन्धि गरियो त्यो बेलामा त्यो नदीको मुहानको कुरा उठाउनुपर्दैन ? त्यो सन्धि गर्दा केपी ओलीको समर्थनमा भएको होइन ? शेरबहादुरले सही गरेको होइन ? त्यसैले हिजो राष्ट्रघात गर्ने यिनीहरु अनि अहिले हामीमाथि सवाल उठाउने ? भूमि मात्रै राष्ट्रियता होइन जनता पनि हो । मधेसी जनता, दलित, मुस्लिम, थारु, जनजाति पनि जनता हुन् तिनलाई छोडेर राष्ट्रियता बन्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !