७ मंसिर २०८१, शुक्रबार

नेपाली कांग्रेसकाे संसदीय दल बैठक बस्दै, के के विषयमा हुँदैछ छलफल ?


नेपाली कांग्रेस

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिएका छन् । नेपाली कांग्रेसले भोली शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

देशको भौगोलिक अखण्डतासंग सम्वन्धित सरकारले जारी गरी सकेको अद्यावधिक नक्सा जस्तो गहन विषय जतिसक्दो चाँडो संसदवाट पारित गर्नुको सट्टा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा उक्त विषयबारे छलफल गर्नका लागि समय माग्नु भनेको यी पार्टीहरुको नियतमा केहि शंका गर्ने ठाउँ रहेको राजनीतिक विश्लेषकहरु र राष्ट्रवादी सचेत नेपालीहरु बताउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !