काठमाडौँ, १२ जेठ । नेकपाका नेता तथा सांसद गोकुल बास्कोटाले नेपाल भारतवीचको सिमा विवादमा आफ्नो अभिव्यक्ति सामाजिक संजालमार्फत व्यक्त गरेका छन् । पुर्वमन्त्री समेत रहेका बास्कोटाले संबिधान संसाेधन प्रस्तावमा डा. बाबुराम भट्टराईकाे महान देशभक्त पार्टीले साथ दिन नसक्ने संकेत दिएका छन् ।
उनले लेखेका छन्, “पुर्खाले पसिना,आँसु र रगत बगाएर आर्जेकाे जमिन समावेश गरेर देशकाे नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न सरकारले संसदमा पेश गरेकाे संबिधान संसाेधन प्रस्तावमा डा. भट्टराईकाे महान देशभक्त पार्टीले कता साथ देला?”