१३ आश्विन २०८१, आइतबार

वाम तालमेललाई बलियो बनाउनुपर्छ : नेपाल


असोज २४, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि वामपन्थी शक्तिको तालमेल र एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् । सो पार्टीको पेसागत विशेष जिल्ला कमिटीले सोमबार राजधानीमा बुद्धिजीवीका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताको चाहना र मुलुकको आवश्यकताबमोजिम वाम तालमेल भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

‘एकीकरणको यस अभियानमा त्याग र समपर्णका साथै आपसी विश्वास र समन्वयको पनि आवश्यकता पर्छ’–नेता नेपालले भने–‘यस्तो समयमा एक शक्तिले अर्काे शक्तिलाई आरोपित वा अविश्वास गर्ने काम गर्नु हुँदैन ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच यही असोज १७ गते आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल र एकताको घोषणा भएको थियो ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले उक्त तालमेलका आधारमा मत ल्याइ कम्युनिष्टले स्थायी सरकार सन्चालन गरेर मुलुकलाई समृद्धिमा लाने बताए । कार्यक्रममा आगामी प्रतिनिधिसभाका सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–१ बाट एमालेका सावित्रा भुषाललाई प्रत्यक्षतर्फको उम्मेदवारी घोषणा गरियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !