१२ पुस २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री नेपाललाई मन्त्री अर्यालद्वारा नेपालको अध्यावधिक नक्सा हस्तान्तरण


पूर्वप्रधानमन्त्री नेपाललाई मन्त्री अर्याल

काठमाडौं, जेष्ठ १० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन् ।

आज शनिवार नेता नेपालको निवास कोटेश्वर पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उहाँलाई प्रदान गरेकी हुन् । सो अवसरमा नेता नेपालले नक्सा तयार पार्न खट्नु हुने मन्त्री सहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !