८ जेष्ठ २०८१, मंगलबार

काठमाडौँमा विद्यार्थीले जलाए भारतीय प्रधानमन्त्री मोदीको पुत्ला


काठमाडौँमा विद्यार्थीले जलाए मोदी र ओलीको पुत्ला

२९ वैशाख, काठमाडौं । काठमाडौँको बबरमहलमा आन्दाेलनकारी विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । भारतले नेपाली भू-भागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीले आज सोमबार दिउसो भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन गरेका हुन् ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् । प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । लिपुलेक-कालापानी क्षेत्रको नेपाली भू-भागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् ।

उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । हिजो आइतबार पनि संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !