२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
अधिवेशनको बैठकलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले समेत सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा ठीक हुने सुझाव दिएका छन् ।
यो पनि पढ्नुहोस्