८ पुस २०८१, सोमबार

उच्चस्तरीय समितिको बैठक सकियो, लकडाउन कायम राख्न सरकारलाई सिफारिस


कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समिति

काठमाडौं, वैशाख २३ । आज बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले लकडाउनको बारेमा निर्णय गर्न नसकेपनि लकडाउनलाई कायम राख्न सरकारलाई सिफारिस गरेको छ । साथै लकडाउनलाई पुनः ७ दिनदेखि १० दिनसम्म थप्न मन्त्रिपरिषद्लाई सुझाव दिएको छ ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताएका छन् । साथै २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलि ११ बजे बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताएका छन् । आज बसेको यो कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित थिए ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई शून्यमा झार्ने गरी काम गर्ने तयारी गरेको छ । आज मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो ।

मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो ।

उनका अनुसार कृषि क्षेत्रका कामलाई सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने र तिनलाई स्वभाविक ढंगले अगाडि बढाइनेछ । संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भएसम्मका सबै प्रयास जारी राख्ने पनि उनले बताए । हाम्रो मुलुकमा रोग र संक्रमणका कारण मृत्युवरण गर्ने अवस्था नआओस् भन्ने विषयमा समिति गम्भीर रहेको पनि उनले बताए ।

साथै आज बसेको समितिको बैठकले अव थपिने लकडाउनमा केहि क्षेत्रहरुमा खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको समितिको बैठकले देशमा भईरहेको लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै कृषि, उत्पादनमुलक उद्योग, अत्यावश्यक वस्तुको ढुवानी तथा बिक्रि र पूर्वाधार निर्माणमा रोक नलाग्ने गरी लकडाउनको नयाँ ढाँचाका विषयमा निर्णय गर्ने सोचिएको थियो ।

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको हो । नेपालमा आज मंगलवार अहिलेसम्म ८२ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !