१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवावीच बालुवाटारमा छलफल


प्रधानमन्त्री ओली, प्रचण्ड र देउवा बालुवाटारमा फाइल फोटो

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”काे बालुवाटारमा सामुहिक भेट र छलफल जारी रहेको कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ । पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जाेड दिन उक्त भेटघाट भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । प्रधानमन्त्री ओली र देउवाको आज हुने भेटघाट फिर्ता लिईसकेको अध्यादेशकै विषयमा केन्द्रित भएको बुझिएको छ ।

संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलको नेताको भूमिका खोसेपछि प्रधानमन्त्रीसँग देउवा लगायत विपक्षी नेताहरु रुष्ट थिए । तर प्रधानमन्त्रीले आफ्नै ग्राण्ड डिजाइनबाट पछि हट्दै अध्यादेश फिर्ता लिई राष्ट्रपति समक्ष पनि सिफारिस गरिसकेका छन् ।

नेपाल सरकारले चौतर्फी विरोध भएपछि विवादित दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यत: दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टी नेकपाका बहुमत सदस्य उभिएपछि र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला विवादित अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज आकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक बोलाएका थिए ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भइरहेको छ ।

नेपाल सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । आज शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम दुवै अध्यादेशहरु भर्खरै खारेज गरेकी हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए देउवालाई

सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

दुबै विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, विवादित अध्यादेशबारे छलफल हुने

प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !