१८ पुस २०८१, बिहीबार

सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज


राष्ट्रपति विद्यादेवी भण्डारी

१२ वैशाख, काठमाडौं । नेपाल सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । आज शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम दुवै अध्यादेशहरु भर्खरै खारेज गरेकी हुन् ।

नेपाल सरकारले चौतर्फी विरोध भएपछि विवादित दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । आज शुक्रबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भएको थियो ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

आफ्नै पार्टी र जनस्तरबाट चौतर्फी सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यादेश राष्ट्रपतिद्वारा खारेज

यो पनि पढ्नुहोस्

दुबै विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, विवादित अध्यादेशबारे छलफल हुने

प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु