५ जेष्ठ २०८१, शनिबार

बिकास र सम्बृद्धीका लागि बिषयगत विश्वबिधालय आवश्यक – बिद्यार्थी नेता पन्त


बिकास र सम्बृद्धीका लागि बिषयगत विश्वबिधालय आवश्यक - बिद्यार्थी नेता पन्त

श्रावण २०,  काठमाडौं ।  अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग प्रमुख माधव पन्तले देशको बिकास र सम्बृद्धीका लागि बिषयगत विश्वबिधालय आवश्यक  भएको बताएका छन । शिक्षा समाजको ऐना हो । शिक्षा बिना बिकास र सम्बृद्धी सम्भव छैन । जुन देशले शिक्षालाई प्राथमिकताका साथ अगाडी बढाए ती देशहरु सम्पन्न छन । चाहे त्यो महाशक्ती अमेरिका होस, युरोपियन मुलुकहरु, चिन, जापान नै किन नहोस भन्ने कुरा बताए ।

नेपालमा शिक्षाको प्रादुर्भाव, बिकास र आधुनिक शिक्षा प्रणाली हुँदै बहुविश्वबिधालयको अबधारणा अनुसार अघि बढेतापनि नेपालको शिक्षा प्रणालीले प्रगती गर्न नसकेको र बेरोजगार उत्पादन मात्रै भएको छ । हालसम्म नेपालमा रहेका ९ वटा विश्वबिधालय, प्राविधिक शिक्षालयहरु, अनुसन्धान केन्द्रहरु, बिज्ञान तथा प्रविधी सस्थानहरुको स्थापना भएतापनि यो भित्रको राजनीतिकरणका कारण आज नेपालको शिक्षा क्षेत्र तहस-नहस बन्दै गएको कुरा बताए ।

राणा शाशनकाल, प्रजातन्त्र स्थापानाकाल, पञ्चायतकाल, बहुदल हुँदै सघीय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दा पनि पुग्दा शैक्षिक सरचना लाई बैज्ञानीक र सर्वसुलभ बनाउन नसक्नु दु:खद कुरा हो । हामीसँग प्राकृतिक सम्पदा, सम्बृद्धीका स्रोतहरु छन, जल-जमिन, जडिबुटी हाम्रा अमुल्यनिधी हुन । यी स्रोतहरुको परिचालन गरी देशको माटो सुहाउदो हुने खेलकुद विश्वबिधालय, संगीत विश्वबिधालय, लगायतका बिषयगत विश्वबिधालय खोल्नुपर्ने आज आवश्यकता हो । संघीय विश्वबिधालय र प्रादेसिक विश्वबिधालयको क्षेत्राधिकार, बितीय  ब्यबस्थापन र यसको गुणस्तरीयतामा राज्यले ध्यान दिनुपर्ने कुरा बिद्यार्थी नेता पन्तले बताए ।

उनको अगुवाईमा अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा  ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक गोष्टी कार्यक्रममा  प्रमुख अथिति  एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कार्यपत्र प्रस्तुतकर्ता  बिकास समितिका सभापति एवम् सांसद रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रा.डा. मनप्रसाद वाग्ले,  प्रा.डा. विद्यानाथ कोइराला, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल र एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !