२३ पुस २०८१, मंगलबार

को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?


को हुन् आपूर्ति मन्त्री शिवकुमार मण्डल ?

पृष्ठभूमि र जन्म

मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित सांसद शिवकुमार मण्डल देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्ति मन्त्री बनेका छन् । जनयुद्धमा प्रत्यक्ष संलग्न मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला ईञ्चार्ज शिवकुमार मण्डलको जन्म बि.सं. २०३२ साल भदौ १० गते मोरङको गोविन्दुपुर ५ मा मध्यमबर्गीय परिवारमा भएको हो । उहाँका बाबुको नाम किसनलाल मण्डल र आमाको नाम रेवनीदेवी मण्डल हो । उहाँकी श्रीमतीको नाम शिवरानीदेवी मण्डल हो ।

शिक्षा  र राजनीतिक यात्रा

मण्डलले मानविकी शास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ ।

१. मण्डलले २०४८ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति शुरु ।

२. अनेरास्ववीयुमा क्षेत्रीय कमिटी र जिल्ला कमिटीको सदस्य भएर काम गरीसक्नु भएका मण्डल २०५३ सालबाट अखिल क्रान्तिकारीमा प्रवेश ।

३. २०५६ सालमा पार्टीको जिल्ला सदस्य बन्नु भएका मण्डल २०५८ सालमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य बन्नु भएको थियो पछि गएर यस मोर्चाको उपाध्यक्षको जिम्मेवारी ।

४. २०५९ सालमा मण्डल तत्कालिन नेकपा माओवादीको सुनसरी र मोरङ जिल्लाको जिल्ला जनसरकार प्रमुख ।

५. २०६० सालमा पार्टीको क्षेत्रीय ब्यूरो सदस्य भएका मण्डल ०६१ सालमा मोरङको पार्टी सेक्रेटरी।

६. मण्डल २०६३ सालमा पार्टीको रौतहट इन्चार्ज तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्य ।

७. २०६३ सालमा मण्डलले मधेशी राष्टिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष  र रौतहटको गौरमा भएको हत्याकाण्डको पार्टीले बनाएको छानवीन समितिमा बसेर काम गर्नुभयो ।

८. २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा मण्डलले मोरङ क्षेत्र नं ४ बाट उमेद्वारी ।

९. २०६५ सालमा पार्टी को केन्द्रीय समिति सदस्य तथा उपनिर्वाचनमा पनि मोरङ क्षेत्र नं ४ बाटै पराजित ।

१०. २०६४-२०७० सम्म मोरंग जिल्ला पार्टी ईन्चार्ज भई काम गरेको ।

११. २०७० सालमा संबिधानसभा सदस्य ।

१२. हाल पार्टीको केन्द्रीय सचिवालय सदस्य ।

जेल जीवन

१. २०५५ सालमा घरवाटै गिरफ्तार ।

२. २०५६ सालमा इटहरीवाट गिरफ्तार ।

३. २०५९ सालमा भारतवाटै गिरफ्तार भई भारतको अररिया जेलमा १ बर्ष जेल जीवन ।

४. पार्टी कै केहि गुप्तचर सदस्यले सुराकी गरी धोका दिएर पक्कडी ज्यान मार्ने समेत योजनामा बिराटनगरको सिमाना रानी नाकामा मार्ने तयारी गरेतापनि संयोगवश भारतका डीएसपीलाई नेपाल प्रहरीका एसपीले हतियार सहित बसेको आरोप लगाएतापनि त्यो झुट्टो भई त्यसमा विद्यार्थीको परिचय पत्रमा भई सो अनुसार हातहतियार नभेटिएकोले भारतका प्रहरीले नेपाल आउन नदिई सुपुर्दकी नगरेकोले बाँच्न सफल ।

५. पुर्व योजना अनुसार परिवारका अन्य सदस्यहरुलाई एकै समयमा पक्राउ गरेको ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !