काठमाडौं । साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले देश रुपान्तरणको साझा अभियानमा जुट्न, साथ र सहयोग गर्न आह्वान गरेका छन् ।
मिश्रले आफ्नो फेसबुक पेज मार्फत एक स्टाटस लेख्दै भनेका छन्, “देश रुपान्तरणको साझा अभियानमा जुट्न साथ र सहयोगको अपेक्षा । सबै नेपालीको भावना र आकांक्षा समेटेर देशलाई समुन्नत र संवृद्ध बनाउने यात्रामा हामी हिडिँरहेका छौँ । यसका लागि नेपाल भित्र र नेपाल बाहिर रहनुभएका नेपालीहरुको नैतिकसँगै सक्दो आर्थिक सहयोगको अपेक्षा राखेका छौँ । प्राप्त सहयोग रकमको उच्च पारदर्शिता र समुचित उपयोगमा हामी सदैव प्रतिबद्ध छौँ । देश बदल्ने अठोट साकार पार्न दृढताका साथ जुटेका हाम्रा पाइलामा तपाईँको सक्दो आर्थिक सहयोग महत्वपूर्ण हुनेछ ।”