८ जेष्ठ २०८१, मंगलबार

यस कारण काँग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्ने


काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।

काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

साथै प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उहाँले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !