३ असार २०८१, आइतबार

राष्ट्रियसभा : महिलामा प्रदेश ५ बाट घिमिरे निर्वाचित


विमला घिमिरे

दाङ, ९ माघ । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित हुनुभएको हो ।

उहाँ पाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याउनुभएको छ । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !