७ मंसिर २०८१, शुक्रबार

सरकारलाई दिएको समर्थन समाजवादीले लियो फिर्ता


बाबुराम, उपेन्द्र

९ पुस, काठमाडौँ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइएका छन् । संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि मंगलबार पार्टीका अध्यक्ष तथा उपप्रधान एवं कानुन न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका हुन् ।

बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । योसँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाई बहुमत गुमाएको छ । सरकारसँग अब साधारण बहुमत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !