७ असार २०८१, शुक्रबार

प्रचण्डको आज जन्मदिनमा बाबुरामको सरप्राइज गिफ्ट


मंसीर २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिनको अवसरमा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा र प्रचण्डसँग लामो सहकार्य गरेका डा. बाबुराम भट्टराइले ‘प्रचण्ड’को तस्वीर हिजो साँझ आफ्नो फेसबुक पेजमा राख्दै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन् । यसरी आज प्रचण्डको जन्मदिनमा बाबुरामले अग्रिम रुपमा हिजो पुरानो जनयुद्ध कालिन फोटो सामाजिक संजालमा सेयर गरेर सरप्राइज गिफ्टको रुपमा लिन सकिन्छ ।

कुनै समय हातमा हात, काँधमा काँध मिलाएर जनयुद्धको नेतृत्व गरेका प्रचण्ड-बाबुरामको सम्वन्ध अहिले पानी बाराबार जस्तो छ । बाबुराम-प्रचण्ड पछिल्लो समय एकअर्कासँग त्यति खुलेर छलफल गर्ने सम्बन्धमा छैनन् । दुवैजना ‘इगो’को पर्खाल उभ्याएर टाढा भइरहेका उनीहरु नजिकका नेताहरु टिप्पणी गर्छन् ।

एमालेसँग एकतामा गएका प्रचण्डले त्यहाँ आत्मसम्मान नपाइरहेको चर्चा चलिरहेको छ र ‘फिलिङ कार्यकारी’को भावनालाई जगाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । उता नयाँ शक्तिको कुरा गर्दै मधेसवादी शक्तिको नेतृत्व गरिरहेका उपेन्द्र यादवसँग पार्टी मिसाएर भट्टराई पनि संघीय परिषद् अध्यक्षको भूमिकामा खुम्चिएर बसिरहेका छन् ।

यसवाट के बुझ्न सकिन्छ भने पार्टी अलग भएर राजनीतिक आस्था अहिले फरक भएपनि भावनात्मक सम्वन्ध नजिक रहेको देखिन्छ । फरक पार्टीका अध्यक्ष भएर एउटा पार्टीले अर्को पार्टीको कुरा काट्न पछि नपर्ने भट्टराई र प्रचण्डवीच यो शुभकामना शन्देशले केहि दूरी कम गरेको विश्लेषण गर्न सकिन्छ । नेकपा एमालेका पूर्व महासचिव स्व. मदन भण्डारीले भन्थे, ‘राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने नै हुँदैन ।’

भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राखेका छन् । ‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म’ स्टाटस लेख्दै उनले फेसबुकमा जनयुद्धकालीन तस्बिर सेयर गरेका हुन् । प्रचण्डको नेतृत्वमा १० वर्ष चलेको सशस्त्र संघर्षको बेला डा. भट्टराई उनका मुख्य सहयोगी र तत्कालिन नेकपा माओवादीका मुख्य नेता थिए ।

प्रचण्डको आज जन्मदिन भएकोले नेकपाका नेता कार्यकर्ता र अन्य दलका नेताले बधाई तथा शुभकामना दिएका छन् । प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत नेकपाका नेता एवम् युद्धकालीन सहकर्मीहरु, परिवारजन, आफन्तजनले शुभकामना दिएका हुन् ।

आजबाट प्रचण्ड ६६ वर्षमा प्रवेश गरेका छन् । प्रचण्डको जन्म विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी-२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए ।

गाउँले परिवेशमा लडाकू पहिरनमा रहेका बाबुराम-प्रचण्ड गाउँका जनताबीच देखिन्छन् । सामाजिक संजाल आफ्नो फेसबुक पेजमा दुवैजना सहित अन्य गाँउलेहरुको पुरानो जनयुद्ध कालिन फोटो सेयर गर्दै जनयुद्धकालमा गाउँले जनतासंग प्रचण्ड र म ! भनेर लेखक पनि छन् ।

 प्रचण्डको जन्मदिनमा बाबुरामको शुभकामना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !