५ मंसिर २०८१, बुधबार

सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा


२४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएपछि राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावलले दिएको राजीनामा मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !