३ आश्विन २०८१, बिहीबार

जनविश्वास आर्जन गर्नु छ भने महरालाई कारबाही गर : नेता सिंह


Prakashman Singh

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् ।

निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ ।

सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्ने बताए । नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता, कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !