१७ असार २०८१, सोमबार

सभामुखलाई राजीनामा दिन सुझाव


कृष्णबहादुर महरा फाइल फोटो

१४ असोज, काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसेको छ ।

पूर्वमाओवादी निकटका नेताहरु सहभागी वैठकवाट महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।

सभामुख महराले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको एक नेताले जानकारी दिए ।

उक्त बैठकलगत्तै नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रचण्ड र ओलीवीच यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !