८ आश्विन २०८१, मंगलबार

अमेरिकी राष्ट्रपतिका रुपमा डोनल्ड ट्रम्पको शपथ ग्रहण आज


donald trump

संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्पले देशको ४५ औं राष्ट्रपतिका रुपमा आज पदको शपथ ग्रहण गर्दैछन्।

राजधानी वासिङ्टन डीसीमा उनको शपथ ग्रहण समारोहमा लाखौं समर्थक र विरोध प्रदर्शनकारीहरु भेला हुने अनुमान गरिएको छ।

एउटा विशाल सुरक्षा व्यवस्थाको भागका रुपमा हजारौं प्रहरी परिचालन गरिएको छ।

भीड नियन्त्रण गर्न कैयौं किलोमिटर लामो छेकबार पनि हालिएको छ।

बि‍हीबार डोनल्ड ट्रम्प आफ्नो शपथ ग्रहण समरोहको पूर्व सन्ध्यामा एउटा सांगितिक तथा आतिशबाजी कार्यक्रममा सहभागी भएका थिए।

एकताबद्ध

लिंकन स्मारकको छेउमा भएको उक्त कार्यक्रमको अन्त्यमा एउटा संक्षिप्त सम्बोधन गर्दै उनले देशलाई एकताबद्ध गर्ने र अमेरिकालाई फेरि एक महान देश बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

रोजगारीहरु अमेरिकामा फिर्ता ल्याउने, सेनालाई सुदृढ तुल्याउने र सीमा सुरक्षालाई बलियो बनाउने बाचा गर्दै डोनल्ड ट्रम्पले थुप्रै दशकदेखि देशमा हुन नसकेका कामहरु आफूहरुले गर्ने बताएका थिए।

“सबै कुरा फेरिने छ, म बाचा गर्छु। सबै परिवर्तन हुनेछ,” ट्रम्पले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु