८ जेष्ठ २०८१, मंगलबार

युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या


durga-tiwari

माेटरसाइकलमा आएका २ जनाले हानेकाे गाेली लागेर घाइते भएका तिवारीकाे उपचारकाेक्रममा देवदह मेडिकल कलेजमा निधन भएको थियाे।

इटाभट्टा व्यवसायमा समेत संलग्न तिवारीमाथी ६ महिना अगाडि गोली हानेर हत्या प्रयास भएको र सो घटनामा स‌ंलग्न मनोज राना फरार छन् । पक्राउ परेका त्रषिराम घिमिरे, राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, रवि केसी, कस्कीका सन्जोश नेपाली, बेनिराम सोमै लगायतकाहरु कारागारमा छन्।

यी नै घटनाक्रमलाई जाेड्दै प्रहरीले घटनाको कारण ‘लेनदेन’ रहेकाे भन्दै अनुसन्धान अगाडि बढाइरहेको छ।

रुपन्देहिका प्रमुख जिल्ला अधिकारी विनोद सिंहले मनोजले एमाले नेता धुव्र खरेललाई फोन गरेर घटनाको जिम्मेवारी लिएको दावी गरेका थिए ।

तिवारीको हत्याको विराेधमा मंगलबार र बुधबार बुटवल वन्द र तीन दिन झन्डा झुकाउने निर्णय गरेको छ। उसले घटनाको छानविनका लागी अाफ्नाे समित समेत गठन गरेको छ।

रहरीले तिवारीको हत्यामा मनोज संलग्न रहेको र उनले सुटर प्रयोग गरेर हत्या गराएको प्रारम्भिक निष्कर्ष निकाल्दै सुटर भाग्न नपाउन भन्दै नेपाल-भारत सिमामा जाँचमा कडाइ गरेको छ।

स्थानिय प्रहरीले बुटवल क्षेत्रमा समेत जाँचमा कडाइ गरेको छ । पाेखरामा रहेका क्षाेत्रिय प्रहरी प्रमुख डिआइजी कमलसि‌ंह बम समेत बुटवल हिडेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !