१८ बैशाख २०८१, मंगलबार

दिल्लीका मूख्यमन्त्री केजरिवाललाई जुत्ता प्रहार


arvind-kejriwal-attacker arvind-kejriwal-attacker

काठमाडौं: भारतको राजधानी सहर नयाँदिल्लीका मूख्यमन्त्री अरबिन्द केजरिवालमाथि जुत्ता हानिएको छ । पत्रकार सम्मेलनमा बोलिरहेका बेला केजरिवालमाथि एक युवाले जुत्ता हानेका हुन् ।
उनीमाथि आम आद्मी सेनाका एक कार्यकर्ताले जुत्ता हानेका हुन् । उनले जुत्ता हान्ने क्रममा केजरिवलाविरुद्ध नाराबाजी गर्दै केजरीवालले जनतासँग गलत गरिरहेको आरोप लगाए ।
समाचार अनुसार केजरीवाल ओड-इभनबारे पत्रकार सम्मेलनमा बोल्नेबित्तिकै दर्शकदीर्घमा उभिएका आम आद्‍मी सेनाका कार्यकर्ताले उनीमाथि जुत्ता फ्यालेका थिए ।

उनले जुत्तासँगै केही सीडी पनि केजरिवालमाथि हानेका थिए। जुत्ता हान्ने युवालाई प्रहरी र आम आद्‍मीका कार्यकर्ताले तत्कालै पक्रेका थिए ।

जुत्ता हान्ने युवालाई पत्रकार सम्मेलन हलबाहिर लगेर सोधखोज भइरहेको छ ।

आम आद्‍मी सेनाका प्रभात कुमारले जुत्ता र सीडी फ्याक्ने कार्यकर्ताको वेद प्रकाश रेहको छ । आम आद्‍मी सेनाको विरोध उसले राजधानीमा जारी गरेको सीएनजी स्टीकरमा भएको भ्रष्टाचारलाई लिएर भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !