काठमाडौँ, २ असार । प्रतिनिधिसभाको आजको बैठकमा “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” पेश गरिएको छ ।
“अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गर्नुभएको हो । (रासस)