५ आश्विन २०८१, शनिबार

महाअभियोगको पक्षमा उभिन सांसदलाई प्रचण्डको निर्देशन


Pm-Prachanda

काठमाडाैं-प्रधानमन्त्री एवं नेकपा माअोवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरूद्धको महाअभियोग प्रस्तावका पक्षमा जुट्न दलका सांसदलाई निर्देशन दिएका छन्।

आइतबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले महाअभियोग प्रस्तावका पक्षमा उभिन र त्यसलाई पारित गराउन आफ्नो तर्फबाट सक्ने पहल लिन दलका सांसदहरूलाई निर्देशन दिएका माअोवादी नेता एवं सांसद अग्नी सापकोटाले बताए।

माअोवादी र एमाले सांसदले गत बुधबार संसदमा अख्तियार प्रमुख कार्की बिरूद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। सो प्रस्ताव आइतबार बसेको व्यवस्थापिका बैठकमा पेस भएको छ। सभामुख अोनसरी घर्तीले प्रस्ताव माथिको सैद्धान्तिक छलफलका लागि मंगलबारदेखिको समय छुट्याएकी छन्।

शनिबार सम्पन्न माअोवादी केन्द्रको हेडक्वाटर बैठकले माहाअभियोग प्रस्तावका सम्बन्धमा अन्य दलहरूसँग परामर्श गरि निर्णय लिने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !