८ आश्विन २०८१, मंगलबार

माओवादी केन्द्रद्धारा महाअभियोग प्रस्ताव पारित गर्ने निर्णय


maoist-center-hq-meeting-555x335

काठमाडौं, ६ कार्तिक । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्ध महाअभियोगको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

शनिबार बसेको माओवादी केन्द्रको हेडक्वार्टरको बैठकले अख्तियार प्रमुख कार्कीको विरुद्धमा दर्ता भएको महाअभियोग पारित गर्ने निश्कर्ष निकालेको हो ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले भने,‘आजको बैठकले महाअभियोग प्रस्ताव पारित गर्ने र यसको लागि एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको हो ।’

त्यस्तै उनका अनुसार यस सम्बन्धी प्रक्रियागत सवै निर्णय लिने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टीले महाअभियोगको पक्षमा उभिने, संसद भित्र र बाहिर यसका पक्षमा माहौल बनाउने निर्णय समेत गरेको अर्का नेता हरिबोल गजुरेलले जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !