१४ असार २०८१, शुक्रबार

अख्तियार प्रमुख लोकमान सिंह कार्की क्यानडा जाँदै


lokmansinh kark

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमान सिंह कार्की एक कार्यक्रमका लागि सोमबार क्यानाडामा जाँदैछन्। अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार उनी त्यहाँ जाने कार्यक्रम १५ दिन अघिनै मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो। तीन दिन पछि हुने कार्यक्रमका लागि उनी भोलि क्यानडा उड्ने भएका हुन्।

प्रवक्ता कार्कीले कार्यक्रमको डिटेल आफूलाई थाहा नभएको बताए।

‘अन्य देशका अख्तियार जस्तै संस्थाहरुको सहभागिता हुने कार्यक्रम हो। मलाई डिटेल थाहा छैन। उहाँ कतिदिन बस्नुहुन्छ त्यो पनि थाहा छैन। भोलि जाने कार्यक्रम छ,’ उनले भने।

कार्कीका अनुसार क्यानाडाको राजधानी अटवामा चार दिनको कार्यक्रम हुने छ। त्यसपछि उनी निजी भ्रमणमा हुनेछन्।

‘जानै तीन दिन लाग्ला कार्यक्रम चार दिनको छ र त्यसपछि उहाँ केही दिन निजी भ्रमणमा उतै बस्ने भन्नेसम्म मलाई थाहा छ,’ उनले भने।

सर्वोच्च अदालतले उनको नियुक्तिको मुद्दा पुनरावलोकन गर्ने भएका बेला उनको विदेश भ्रमणलाई चासोपूर्वक हेरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !