१४ आश्विन २०८१, सोमबार

अब छिट्टै वडा, नगरबाट बिदेशी एजेन्टहरुका विरुद्ध निस्किने


१४ वैसाख, काठमाडौं । राष्ट्रवादी केन्द्र नेपाल, तर्केश्वर नगरपालिकाले आयोजना गरिएको नव वर्ष २०७६ सालको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

पुरानो गुहेश्वरी मन्दिरमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले अब छिट्टै वडा,वडा,नगर,नगरबाट राष्ट्रवादीहरुको जनसागर नेपाली अनुहारका बिदेशी एजेन्टहरुका विरुद्ध निस्किने बताए ।

उक्त कार्यक्रममा अतिथिहरु महिला संघकी केन्द्रिय अध्यक्ष बिन्दु के.सि,टोखा नगर प्रमुख इन्दिरा पाण्डे उपप्रमुख नारायण भण्डारी २ नं केन्द्र प्रमुख अनिल राना थारु र उपप्रमुख भिम बिस्टको उपस्थिति रहेको २ नं केन्द्र प्रमुख थारुले जानकारी दिए ।

महिला संघकी अध्यक्ष बिन्दु केसीले अब राष्ट्रवादीहरु एकजुट भएर नेपाली अनुहारका बिदेशी एजेन्टहरुका विरुद्ध अवाज उठाउन थाल्ने र त्यो समयमा बिदेशी एजेन्टहरु जुताको तना पनि नबाद्दै यो देश छोडि भाग्ने बताइन ।

कार्यक्रममा समाजसेवी,धार्मिक,उद्योग व्यवसायी,र महिला दिदीबहिनीहरुको उल्लेखनीय उपस्तिथि रहेको थारुले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !