३ आश्विन २०८१, बिहीबार

पार्टी एकलौटी सञ्चालन भएको : नेता सिंह


Prakashman singh

३० चैत, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

उहाँले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गर्नुभयो । उहाँले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति काङ्ग्रेसले विरोध गरेको बताउनुभयो ।

उहाँले नेतृत्वले विधान उल्लङ्घन गरेका कारण नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनको महाधिवेशन हुन नसकेको आरोप लगाउनुभयो । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !