![pradesh n 3](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/02/pradesh-n-3.jpg?fit=780%2C482&ssl=1)
१० पुस, हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताउनुभएको हो ।
जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उहाँले यसअन्तर्गतका सात विभागमध्ये तीनवटामा विभागीय प्रमुख र आवश्यकताअनुसार कर्मचारी छैन भन्नुभयो । कर्मचारी अभावले बजेट कार्यान्वयन, अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो । (रासस)