८ मंसिर २०८१, शनिबार

देउवाले चित्त बुझ्दो काम गर्नुभएन : काङ्ग्रेस नेता सिंह


Prakashman singh

५ मङ्सिर, रुपन्देही । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ ।

विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताउनुभयो । अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उहाँको भनाई थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !