७ मंसिर २०८१, शुक्रबार

संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने


bhanubhakta dhakal

१६ कात्तिक, विराटनगर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँुदैन भन्नुभयो । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको बताउनुभयो । प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रष्ट पार्नुभयो ।

एक प्रश्नको जवाफमा कानूनमन्त्री ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ भन्नुभयो । उहाँले न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताउनुभयो । उहाँले सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !