७ मंसिर २०८१, शुक्रबार

सरकारले जनचाहनाअनुसार काम गर्नुपर्छ


Nepali-congress

१२ कात्तिक, रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले जनचाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले आज सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहनाअनुसार अगाडि बढ्न नसकेको आरोप लगाउनुभयो । दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

“दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो, सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ,” उहाँले भन्नुभयो । निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिनका लागि असक्षम रहेको नेता कँडेलको आरोप थियो । “एक/दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा हँुदैन,” उहाँले स्पस्ट पार्नुभयो । काङ्ग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालन गर्न सहयोग गरिरहेको कँडेलले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !