१४ बैशाख २०८१, शुक्रबार

मृतक र घाइतेको पैसा पार्टीको खातामा आउनुपर्ने मोर्चाको प्रस्ताव


madhesi

काठमाडौं २२ साउन । मधेसी मोर्चाका नेताहरुले मधेस मधेस आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेको उपचार खर्च पार्टी मार्फत वितरण गर्नुपर्ने प्रस्ताव राखेको छ । धेरै घाइतेहरु पार्टीका कायैकर्ता रहेको र पार्टीका स्थानिय नेताहरु मार्फत सम्पर्क आउने भएकाले सरकारले दिने रकम दलको खातामा आउनुपर्ने र त्यसै अनुसार वितरण हुनुपर्ने उनीहरुको माग छ । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका छन् । पहिलो चरणमा वार्तामा ने त्यस विषयमा सहमति भएको छ ।

स्रोतका अनुसार मृतक र घाइतेको यकिन बिरण मधेसी मोर्चामा रहेका दलहरुले संकलन गरेपछि सरकारले रकम वितरण गर्ने जनाएको छ । अर्को बैठकले मधेस आन्दोलनमा घाइते भएकालाई सहिदसमेत घोषणा गर्ने स्रोतको दावी छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले एक हप्ताभित्र मृतकका परिवारलाई १० लाख रुपियाँ दिने निर्णय गरिसकेको छ ।

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एक हप्तामा निर्णय कार्यान्वयन नभए सरकारसँगको अविश्वास बढ्ने बताए । उनले पार्टी र नेताका खातामा पैसा नमागेको तर दलहरुले दिने प्रक्रियामा सहभागि हुनुपर्ने प्रस्ताव गरेको बताए । ‘घाइते र मृतकका बारेमा स्थानिय सरकार भन्दा बढी मधेसी दलहरुलाई जानकारी छ’ उनले भने, ‘अहिले पनि कयौं मेडिकलको विल बाँकी छ, घाइतेले उपचार गर्न ऋण लिएका छन् त्यो हामीलाई थाहा छ हामीले दिनपर्छ भनेको हो । ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !