५ जेष्ठ २०८१, शनिबार

महरा र निधिद्वारा उपप्रधानमन्त्रीको शपथ


mahara-nidhi

काठमाडांै, २० साउन — राष्ट्रपति विद्या भण्डारीसमक्ष नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र नेपाली काँग्रेसका विमलेन्द्र निधिले उपप्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा महरा र निधिले शपथ लिएका हुन् ।

रमेश लेखक, दलजीत श्रीमाइली र गौरीशंकर चौधरीले मन्त्रीपदको शपथ लिएका छन् । नेपाली काँग्रेसबाट मन्त्रीमा प्रस्तावित अर्जुननरसिंह केसीले भने आफूले रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्रीपदको शपथ अस्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !