११ पुस २०८१, बिहीबार

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै वैद्य माओवादी आन्दोलनमा


मोहन वैद्य

काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ ।

तीनदिनसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकपछि मोहन वैद्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता र अपर कर्णालीलगायत जनलविद्युत परियोजनाबारे व्यवस्थित रुपमा संघर्षलाई विकसित गर्ने र भाद्र २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने ।’

क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्याबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र भाद्र १५ गते जिल्लामा विरोध प्रदर्शन गर्ने, भ्रष्टाचार, महंगी, कालोबजारीको विरोधमा कार्यक्रम गर्ने तयारी गरेको छ ।

यसबाहेक, क्रान्तिकारी माओवादीले संघीय पुनसंरचनामा पुरानै राज्यत्ताको संरक्षण गरेकोप्रति समेत असन्तुष्टि जनाएको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !