२२ भाद्र २०८१, शनिबार

तनहुँ जिल्लाभरि नै पूर्व बनमन्त्री शंकर भण्डारी लोकप्रियता अझ बढ्दै


शंकर भण्डारी 1

२५ असोज, तनहुँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री शंकर भण्डारीलाई जनतासँग बस्ती बस्तीमा भेटघाटमा भ्याइनभ्याई रहेको छ । दैनिक ३/४ वटा कार्यक्रममा सहभागी हुने नेता भण्डारी २७ गतेसम्म जिल्ला नै बस्ने छन् । असोज २० देखि असोज २६ गतेसम्म जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिकाहरुमा वृहत कार्यकर्ता भेटघाट, वडादशैँ, दिपावली र छठपर्व, नेपाल संवत आदिको शुभकामना आदान-प्रदान चियापान कार्यक्रम अन्तर्गत गृहजिल्ला तनहुँ पुगेका नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पूर्व बनमन्त्री शंकर भण्डारीको लोकप्रियता अझ बढ्दो गतिमा रहेको देखिएको छ ।

जनताको दु:ख-सुखमा सधै साथ दिने कोमल मनका धनी र मन्त्री हुँदा समेत प्राय: गरेर हप्तामा एकपटक गृहजिल्ला तनहुँ पुग्ने शंकर भण्डारी तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठवन्धन भएकोले प्राविधिक रुपमा प्रतिनिधिसभा चुनाबमा पराजित भएतापनि गृहजिल्ला तनहुँ पुग्दा जहिले पनि जनउत्साह र जनलहर अत्याधिक रुपमा देखिएकोले तनहुँमा नेपाली काँग्रेसको सबभन्दा बढी लोकप्रिय नेताको रुपमा स्थापित भईसक्नु भएको छ ।

पुरै तनहुँ जिल्लामा प्रतिनिधिसभामा २ सिट र प्रदेशसभामा प्रदेश ४ गरी पुरै ६ सिट गुमाएपछि अन्य नेपाली काँग्रेसका नेता जिल्लामा पाइला टेक्नसम्म गार्हो भएको अवस्थामा भण्डारी अहिले पनि नियमित रुपमा जिल्ला जाने गर्नुहुन्छ भने भण्डारीपछि नेपाल काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि जिल्ला आउने गरेको कुरा स्थानीय जनताले बताए । नेपाल काँग्रेसको तर्फवाट प्रदेश सभामा टिकट पाएका धुर्ब वाग्ले र रघुनाथ पौडेल प्राय: जिल्ला सदरमुकाममा बस्ने गरेको तथा प्रदिप पौडेल र गोविन्द भट्टराई प्राय: जिल्लामै देखिदैनन् भन्ने नेपाली काँग्रेसका कार्यकर्ताको गुनासो रहेको छ । चुनाव हारेपछि प्रदिप पौडेल २/३ पटक पार्टीको कार्यक्रममा देखिएतापनि गोविन्द भट्टराई चाहि एउटा कार्यक्रममा मात्र देखिएको कार्यकर्ताको भनाई रहेको छ ।

शनिबार २० गते नेपाली काग्रेस भानु नगर समितिद्धारा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा, सोमबार २२ गते महात्मा गान्धीको १५० अौं जन्मजयन्तीको अवसरमा भानु नगरपालिका नारेश्वटारमा आयोजित निशुल्क मधुमेह स्वस्थ्य परिक्षण शिविर कार्यक्रममा र तनहुँको भानु नगरपालिका वडा न.१२ कवाजितमा वडादशौँको उपलक्ष्यमा राखेको शुभकामना आदानप्रदान कार्यक्रममा, मंगलबार २३ गते नेपाली कांग्रेस तनहुँ क्षेत्र न.२ ले भिमादमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा, २४ गते बुधवार घिरिङ गाँउपालिका मानपुरमा, २५ गते नेपाली कांग्रेस तनहुँ क्षेत्र न.१ ले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनु भएको छ भने २६ गते भन्सार र घाँसिकुवा, २७ गते दुलेगौंडा, व्यास ११ बेलटारी, आफ्नै बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रममा सहभागी हुनु हुनेछ ।

दोस्रो संविधानसभामा तनहुँ १ वाट विजय भएका भण्डारी बनमन्त्री हुँदा जुनसुकै पार्टी, जात आदि भएपनि समान तरिकाले हेर्ने स्वभाव भएको कारणले मन्त्रालयमा उहाँलाई भेट्ने मानिसको अत्याधिक भिड हुन्थ्यो भने पुल्चोक मन्त्री क्वाटरमा समेत मन्त्री बन मन्त्रीको क्वाटरमा भित्र जान कुनै रोकटोक थिएन । धेरै राम्रो ब्यक्तित्व भएकोले आम जनता र कार्यकर्ता माझ देशभरी नै लोकप्रिय भएकोले नेपाली काँग्रेसको नेतृत्वमा अग्रपक्तिमा आउनुपर्छ भन्ने कार्यकर्ताको भनाई रहेको छ । निडर र सहयोगी स्वभाव भएका भण्डारीलाई भावी नेपाली कांग्रेसको अग्रपक्तिमा आउन सक्ने सम्भावना बोकेको नेताको रुपमा मानिन्छ ।

यो पनि पढ्नुहोस्  

नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पूर्व बनमन्त्री शंकर भण्डारीको जीवन

नेपाललाई फेरि हिन्दू राष्ट्र वनाउनैपर्छ – पूर्वमन्त्री भण्डारी

तस्वीरहरु हेर्नुहोस्

शंकर भण्डारी 6

शंकर भण्डारी 1

शंकर भण्डारी

शंकर भण्डारी 3

 

शंकर भण्डारी 4

शंकर भण्डारी 5

शंकर भण्डारी 7

भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !