७ मंसिर २०८१, शुक्रबार

विकासमा फड्को मार्न सक्नुपर्दछ : मन्त्री महासेठ


Raghubir-Minister

२४ असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताउनुभयो ।

फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने चर्चा गर्नुभयो ।

सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्न सक्नुपर्दछ भन्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !