३ फाल्गुन २०८२, आइतबार

आगामी निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी बन्छ : पूर्व बनमन्त्री भण्डारी


Former Minister Shankar Bhandari पूर्वमन्त्री शंकर भण्डारी

२२ असोज, दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ ।

काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले भन्नुभयो, “आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ ।”(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !