१२ बैशाख २०८१, बुधबार

पत्नीलाइ मन्त्री बनाउने खेल ! राजनीतिमा झेल !


samsad

समानुपातिक सभासदको कोटामा आफ्ना श्रीमती साली र प्रेमीहरुलाई संसद बनाएका नेताहरुलाई फेरी अर्को मौका मिलेको छ त्यो हो मन्त्रि बनाउने । यसतै तरखरमा छन् अहिले कांग्रेस नेता शेर बहादुर देउवा र सद्भावना पार्टीका नेता राजेन्द्र महतो ।

देउवा पत्नी आरजु र महतोको पत्नी शैलीदेबी पनि मन्त्रि बन्ने लाइनमा छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

त्यसैगरी राजेन्द्र महतोको पत्नी शैलीदेवी महतो पनि मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन्,– हाम्रो पार्टीलाई मन्त्रीपद मिल्यो भने शैलीदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !