८ जेष्ठ २०८१, मंगलबार

मन्त्री छान्न कठिन भएपछि माओवादीमा पनि मापदण्ड


ucpn_maoist

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भएपछि मन्त्री बन्ने आकांक्षीहरु पनि बढेका छन्। त्यसले पार्टीलाई समस्यामा पारेको छ – मन्त्री बनाउने त कसलाई?

मन्त्री बन्ने विषयमा समस्या देखिएपछि बिहीबार केन्द्रले पार्टी कार्यलय पेरिस डाडामा केन्द्रीयस्तरको बैठक नै डाक्यो। बैठकको एउटै उद्देश्य भनेको मन्त्री चयनको विषय थियो। नयाँ सँगै केही पुराना नेताले पनि मन्त्री पदको दावी गरेपछि पार्टीमा थप समस्या परेको हो।

त्यसैले बिहीबार बसेको बैठकले मन्त्री बन्न निश्चित मापदण्ड तयार गरेको छ। नेतृ पम्फा भुषालले बैठकले मन्त्री बन्न मापदण्डहरु तयार पारेको जानकारी पत्रकारलाई गराइन्। तर बैठककले के के र कस्ता कस्ता मापदण्ड बनायो त ? यसलाई भने खुलाइएको छैन। नेतृ भुपालले मापदण्ड बनाएपछि मन्त्री छनोट गर्न समस्या नहुने दावी भने गरिन्। योग्य र क्षमता भएकाले अवसर पाउने उनको भनाई थियो।

अर्को पटक बस्ने बैठकले मन्त्रीको नाम छनौट गर्ने छ। अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्ने सरकारमा माओवादीले अर्थ सहित अन्य महत्वपूर्ण मन्त्रालय लिने अनुमान गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !